• २९ श्रावण २०७९, आईतवार
  •      Sun Aug 14 2022
Logo

पल प्रकरणः तनहुँ प्रहरीको अनुसन्धान सकियो



तनहुँ । नाबालिकामाथि जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकाएको छ ।

तनहुँ प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाएको हो ।

प्रहरीले अनुसन्धान थालेको २१ दिनपछि प्रतिवेदन बुझाएको हो ।

अभिनेता शाह फागुन १५ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका छन् । उनी विरुद्ध पूर्वी नवलपरासीमा पनि जाहेर परेको थियो ।