६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिनिसियस बने फिफा वर्ष खेलाडी



अ+ अ-

काठमाडौँ । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियनरले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्राप्त गरेका छन् ।

जुनियनरलाई मंगलबार दोहामा आयोजित कार्यक्रमबीच उक्त अवार्ड प्रदान गरिएको हो । यस्तै, रियलकै कार्लो एन्सेलोटी फिफा द बेस्ट २०२४ मा वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए ।

महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले यो अवार्ड जितिन् । बालन डे’अर अवार्ड जित्न असफल रहेको दुई महिनापछि २४ वर्षीय भिनिसियसले यसपल्ट यो सफलता चुमेका हुन् ।

त्यति बेला म्यानचेस्टर सिटीका रोड्रिले बालोन डे’अर जितेका थिए । रियल र भिनिसियसले त्यो कार्यक्रम नै बहिस्कार गरेको थियो ।

अवार्ड पाएपछि ब्राजिली खेलाडीले भने, ‘आज म त्यो केटालाई लेख्दैछु जसले धेरै ट्रफी उठाएको देखेको छ । उसको समय आएको छ । मेरो समय आएको छ । हो, म संसारको उत्कृष्ट खेलाडी हुँ र मैले यसको लागि कडा संघर्ष गरेको छु । म निकै गरिब परिवारमा हुर्केको हुँ । मेरो समाजमा हिंसा अत्याधिक थियो । त्यस्तो परिस्थितिबाट अगाडि आएका सबैलाई यो अवार्ड समर्पित गर्न चाहन्छु ।’

अर्जेन्टिनाका लियोनल मेसीले यस अघिका दुई संस्करणका फिफा अवार्ड जितेका थिए । गत सिजन भिनिसियसले रियलका लागि सबै प्रतियोगिताका ३९ खेलमा २४ गोल गरे । यस्तै ११ गोलमा असिस्ट पनि रह्यो ।

त्यसक्रममा भिनिसियसले रियलका लागि स्पेनी ला लिगा र युरोपली च्याम्पियन्स लिग पनि जितेका थिए । महिलातर्फ भने २६ वर्षीया बोनमटीले लगातार दोस्रो वर्ष यो अवार्ड प्राप्त गरिन् ।