५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिनिसियस बने फिफा वर्ष खेलाडी



अ+ अ-

काठमाडौँ । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियनरले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्राप्त गरेका छन् ।

जुनियनरलाई मंगलबार दोहामा आयोजित कार्यक्रमबीच उक्त अवार्ड प्रदान गरिएको हो । यस्तै, रियलकै कार्लो एन्सेलोटी फिफा द बेस्ट २०२४ मा वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए ।

महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले यो अवार्ड जितिन् । बालन डे’अर अवार्ड जित्न असफल रहेको दुई महिनापछि २४ वर्षीय भिनिसियसले यसपल्ट यो सफलता चुमेका हुन् ।

त्यति बेला म्यानचेस्टर सिटीका रोड्रिले बालोन डे’अर जितेका थिए । रियल र भिनिसियसले त्यो कार्यक्रम नै बहिस्कार गरेको थियो ।

अवार्ड पाएपछि ब्राजिली खेलाडीले भने, ‘आज म त्यो केटालाई लेख्दैछु जसले धेरै ट्रफी उठाएको देखेको छ । उसको समय आएको छ । मेरो समय आएको छ । हो, म संसारको उत्कृष्ट खेलाडी हुँ र मैले यसको लागि कडा संघर्ष गरेको छु । म निकै गरिब परिवारमा हुर्केको हुँ । मेरो समाजमा हिंसा अत्याधिक थियो । त्यस्तो परिस्थितिबाट अगाडि आएका सबैलाई यो अवार्ड समर्पित गर्न चाहन्छु ।’

अर्जेन्टिनाका लियोनल मेसीले यस अघिका दुई संस्करणका फिफा अवार्ड जितेका थिए । गत सिजन भिनिसियसले रियलका लागि सबै प्रतियोगिताका ३९ खेलमा २४ गोल गरे । यस्तै ११ गोलमा असिस्ट पनि रह्यो ।

त्यसक्रममा भिनिसियसले रियलका लागि स्पेनी ला लिगा र युरोपली च्याम्पियन्स लिग पनि जितेका थिए । महिलातर्फ भने २६ वर्षीया बोनमटीले लगातार दोस्रो वर्ष यो अवार्ड प्राप्त गरिन् ।