५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतको खेलमा वर्षा बाधक, दुवै टिमले अंक बाँडे



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारत ३.१ ओभरमा विकेट नगुमाई २८ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रद्द गरिएको हो ।

योसँगै नेपाल र भारतले अंक बाँडेका छन् । त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

खेल रद्द भए पनि समूह ‘बी’ बाट नेपाल र भारत सेमिफाइनल पुगे । समूह ‘बी’ कै पाकिस्तान भने लगातार दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो ।