१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल: प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउने



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा शीर्ष चार टिमहरु सबैले नगद पुरस्कार पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विजेता सहित प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउने भएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै क्यानले विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ दिइने जनाएको छ । यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ भने तेस्रो हुने टिमले २५ लाख प्राप्त गर्नेछ । चौंथो हुने टोलि पनि खाली हात जानेछैन । उसले १५ लाख रुपैयाँ पाउनेछ ।

एनपीएलको प्लेअफमा जनकपुर बोल्ट्स, सुदुरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोजले स्थान बनाएका छन् ।