काठमाडौ । मन्त्रिमण्डलको पूर्नगठन वा हाल रिक्त रहेका तीन मन्त्रालयमा मात्र मन्त्रि नियुक्ति गर्ने लगायतका बिषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच बालुवाटारम छलफल भै रहेको छ ।
बिहान ११ बजे देखी दुई अध्यक्ष बीच छलफलमा रहेको र केही बिषय आजै टुगोमा पुग्न सक्ने वालुवाटार स्रोतले जनाएको छ ।
यसै गरी छलफलमा बिभिन्न निकायमा रिक्त रहेको राजनीतिक नियुक्ति,पार्टी एकता पछि बाकि रहेको सांगठनिक प्रक्रियालाई पुरा गर्ने बारेमा पनि दुई अध्यक्ष बीच छलफल भएको छ ।