३ भाद्र २०८३, बुधबार
,
Latest
चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

शर्मालाई उपचार सहयोग



अ+ अ-

काठमाडौं । नेपाल बक्सिङ संघले पूर्व बक्सिङ खेलाडी ओमप्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिएका थिए । पाँच पटकका राष्ट्रिय च्याम्पियन शर्माले वि।सं। २०३३ सालदेखि बक्सिङ खेल्न सुरु गरेका थिए । उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।

अध्यक्ष अवालेले शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मर्कामा परेका खेलाडीलाई अगामी दिनमा पनि सहयोग गर्न संघले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।