१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै संचालन गर्ने



अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै संचालन गर्ने घोषणा गर्नु भएको छ । 

मन्त्री गुरुङले पाँच वर्षीया बालिका समेत बलात्कार हुने गरेको घटनाले लज्जाबोध गराएको उल्लेख गर्दै त्यस्ता जघन्य अपराधिक घटना हुनै नदिन राष्ट्रिय सामाजिक जागरण अभियान संचालन गर्ने सोच अघि सारिएको पनि स्पष्ट पार्नु भयो । बिहीबार ‘कोभिड–१९ निर्देशक समिति’ को भर्चुअल बैठकमा बोल्दै उहाँले सामाजिक अपराधका घटनाको न्याय सम्पादनमा ढिलाई हुन नदिन, अनुसन्धानमा प्रहरीको कामलाई प्रभावकारी बनाउने विषयमा पनि अन्तर मन्त्रालयबीच सघन छलफल भईरहेको बताउनु भयो । त्यस्ता अपराधिक घटना हुन नदिन स्थानीय जनप्रतिनिधिहरु र नागरिक समाजका अगुवाहरुलाई पनि परिचालन गरेर अघि बढने मन्त्री गुरुङको भनाई थियो । 

मन्त्री गुरुङले सो अभियानका लागि कार्ययोजना बनाउने काम तत्काल सुरु गर्ने उल्लेख गर्दै आवश्यक सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाजका अगुवाहरु तथा सामाजिक संघ, संस्थालाई आग्रह गर्नु भयो । मन्त्री गुरुङले कोभिडको महामारीपछि देशमा झनै हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको स्विकार गर्दै त्यसलाई नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय सरकार एकीकृत कार्ययोजनाका साथ अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । ‘कोभिड–१९ सँगै सामाजिक अपराधका घटनाहरु बढेर गएको पाइएको छ,’ मन्त्री गुरुङले भन्नु भयो,‘त्यस्ता अपराधिक घटना हुन नदिन तीन वटै तहका सरकारले एकीकृत कार्ययोजना बनाई तत्काल लागू गर्नेछ ।’ 

सो भर्चुअल बैठकमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले हरेक स्थानीय तहमा ‘लैगिक हिंसा निवारण कोष’ स्थापना गर्न ढिलाई गर्न नहुनेमा जोड दिनु भएको थियो ।