४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

‘सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै संचालन गर्ने

‘सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै संचालन गर्ने
अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै संचालन गर्ने घोषणा गर्नु भएको छ । 

मन्त्री गुरुङले पाँच वर्षीया बालिका समेत बलात्कार हुने गरेको घटनाले लज्जाबोध गराएको उल्लेख गर्दै त्यस्ता जघन्य अपराधिक घटना हुनै नदिन राष्ट्रिय सामाजिक जागरण अभियान संचालन गर्ने सोच अघि सारिएको पनि स्पष्ट पार्नु भयो । बिहीबार ‘कोभिड–१९ निर्देशक समिति’ को भर्चुअल बैठकमा बोल्दै उहाँले सामाजिक अपराधका घटनाको न्याय सम्पादनमा ढिलाई हुन नदिन, अनुसन्धानमा प्रहरीको कामलाई प्रभावकारी बनाउने विषयमा पनि अन्तर मन्त्रालयबीच सघन छलफल भईरहेको बताउनु भयो । त्यस्ता अपराधिक घटना हुन नदिन स्थानीय जनप्रतिनिधिहरु र नागरिक समाजका अगुवाहरुलाई पनि परिचालन गरेर अघि बढने मन्त्री गुरुङको भनाई थियो । 

मन्त्री गुरुङले सो अभियानका लागि कार्ययोजना बनाउने काम तत्काल सुरु गर्ने उल्लेख गर्दै आवश्यक सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाजका अगुवाहरु तथा सामाजिक संघ, संस्थालाई आग्रह गर्नु भयो । मन्त्री गुरुङले कोभिडको महामारीपछि देशमा झनै हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको स्विकार गर्दै त्यसलाई नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय सरकार एकीकृत कार्ययोजनाका साथ अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । ‘कोभिड–१९ सँगै सामाजिक अपराधका घटनाहरु बढेर गएको पाइएको छ,’ मन्त्री गुरुङले भन्नु भयो,‘त्यस्ता अपराधिक घटना हुन नदिन तीन वटै तहका सरकारले एकीकृत कार्ययोजना बनाई तत्काल लागू गर्नेछ ।’ 

सो भर्चुअल बैठकमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले हरेक स्थानीय तहमा ‘लैगिक हिंसा निवारण कोष’ स्थापना गर्न ढिलाई गर्न नहुनेमा जोड दिनु भएको थियो ।