३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई पहिलो खेलमा हराएको नेपालले आज भारतसँग खेल्दै



अ+ अ-

काठमाडौं । पाकिस्तानलाई पहिलो खेलमा पराजित गरेको नेपालले आज एसीसी यू–१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा भारतसँग् खेल्दै छ ।

मलेसियाको क्लालालम्पुरस्थित बायुमास ओभरमा हुने खेल नेपाली समयअनुसार बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुने छ । नेपाल समूह बी मा छ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ ।

भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल एक जितले सुपर फोरमा प्रवेश गरेको हो ।

आईसीसी यू१९ महिला टी–२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू–१९ विश्वकप र यू १९ एसिया कपमा छनोट भएको थियो ।

यू–१९ महिला विश्वकप पनि आगामी जनवरी–फेब्रुअरीमा हुँदैछ ।