१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला यू–१९ एसिया कपः पाकिस्तानमाथि नेपालको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी महिला यू–१९ एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ४७ रनको योगदान दिइन् । उनी ४७ रनमा अविजित रहिन् । यस्तै, सिमाना केसीले अविजित १२, सोनी पाख्रिनले १३ तथा साना प्रभिनले १० रन जोडिन् ।

बलिङतर्फ पाकिस्तानका फातिमा खान र क्वारातुलैनले एक–एक विकेट लिइन् ।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनायो ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् । यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट छ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् ।

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक/एक विकेट लिए ।

जितसँगै नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । पाकिस्तान यसअघिको खेलमा भारतसँग पनि पराजित भएको थियो । नेपालले भोलि भारतसँग खेल्ने छ ।