९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा– प्रधानमन्त्री



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा परेको बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी उच्च नेतृत्वको कार्यक्रम (क्लाइमेट भल्नरेवल फोरम)मा बिहीबार सम्बोधन गर्नुुहुुँदै प्रधानमन्त्री ओलीले बढ्दो तापमान, समुद्री सतहको बढोत्तरी र हिमनदीहरू पग्लनेजस्ता जलवायु परिवर्तनले देखाएको अस्तित्वगत खतराका कारण उच्च हिमाली सभ्यताको जीवन र जीविकामा गहिरो असर पारेको बताउनुभयो । यस खतराले मानवता प्रकृतिविरुद्धको गलत दौडको पक्षमा उभिने अर्को खतरा बढेको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । अरूको निस्क्रियताको भार नेपालजस्तो देशले बोक्नुपरेको उहाँले उल्लेख गर्नुभयो प्रधानमन्त्री ओलीले नेपालको हिमनदीको महत्व उच्च रहेको बताउनुभयो । “जसले नदीका विविध पात्रहरूलाई पोषण दिन्छ र समुद्री पारिस्थितिक प्रणालीलाई सफा गर्छ, प्राकृतिक जलवायु स्थिरताका रूपमा काम गर्छ, पहाड र समुद्रबीचको जैविक सम्बन्धलाई यसले दर्शाउँछ,” उहाँले भन्नुभयो । यस फोरमले विश्वव्यापी तापमानको वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न र यसको सही तथ्यलाई जलवायु परिवर्तनको दीर्घकालीन दिगो समाधानका लागि स्थापित गर्न गरेको पहलको प्रधानमन्त्री ओलीले सराहना गर्नुभयो ।

उहाँले पेरिस सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै अर्को वर्ष कोप २६ सम्मेलनमा जलवायु कार्यसूचीलाई उच्च विश्वव्यापी राजनीतिक ‘एजेन्डा’ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । वर्तमानमा जलवायु सङ्कट ज्वलन्त समस्या बनेको भन्दै ठूला प्रदूषणकर्ताले मौनता तोडेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कमजोर देशको अस्तित्वको सवाल रहेकाले हरेक वर्ष हुने तापमापन र यसको घटबढको अंशले महìव राख्ने प्रधानमन्त्रीले उल्लेख गर्नुुभयो । आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका मुलुकले जलवायु कार्ययोजना, जलवायु लगानी, सहज प्रविधिसँगै कार्यान्वयन, अनुकूलन कार्यक्रममा पहुँच पुग्नु जरुरी हुन्छ र त्यसका लागि अन्तर्राष्ट्रिय आवश्यक हुने उहाँले बताउनुभयो । यस वर्ष कोभिड–१९ को सङ्कटले मानव जीवन र अर्थ व्यवस्थालाई तहसनहस पारेको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले यो महामारी हरित, दिगो स्वास्थ्य र अर्थ व्यवस्थाका लागि अवसर हुन सक्ने बताउनुभयो । कोभिड महामारीबाट सिकेको पाठले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अहिलेको महामारीजस्तै जरुरी र प्राथमिकतासँग मिल्दोजुल्दो जलवायु परिवर्तनको समस्या सामना गर्न उपयोगी हुनसक्ने उहाँले सुझाउनुभयो ।

अबको आवश्यकता जलवायु कार्ययोजनाका लागि एकजुट हुनु रहेकोले यसविरुद्ध राजनीति गर्न नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुुभयो । “आवश्यकता भनेको साझा योजना हो । दिगो समाधानको योजना हो । अब हराउने समय छैन । काम अब सुरु हुनैपर्छ किनभने जलवायु हाम्रो अस्तित्वको प्रश्न हो,” उहाँले थप्नुभयो । संयुक्त राष्ट्रसङ्घ महासभाको ७५औँं सत्रको संयोजनमा आयोजना गरिएको सो कार्यक्रम बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदको अध्यक्षतामा बसेको थियो । गोरखापत्र दैनिक




भर्खरै