२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.83

Wind: 1.54

Humidity: 49

तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस



अ+ अ-

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वउपप्रधान तथ गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।

सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको हो ।

कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माका अनुसार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालयलाई बुझाइएको छ ।

रायसहितको अनुसन्धान प्रतिवेदन ६ सय पृष्ठ लामो छ । प्रहरीले रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

अहिले पक्राउ परेका ५ जना यसअघि पक्राउ परेका ९ जना र अन्यलाई फरार प्रतिवादी बनाउन राय दिइएको बताइएको छ ।