९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

५८ प्रतिशत कोरोनाका सक्रिय संक्रमित राजधानीका



अ+ अ-

काठमाडौँ । मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३।६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५८.२० प्रतिशत अर्थात् २ हजार ५ सय ४० जना छन् । ‘हामी अत्यन्त गम्भीर अवस्थामा पुग्यौं’, स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने । महिला संक्रमित हुने क्रम व्यापक बढेको छ । बिहीबार पुष्टि भएका कुल संक्रमितमध्ये ३५.७६ प्रतिशत महिला छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये २९ प्रतिशत महिला छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा पीसीआर परीक्षण बढाइएपछि संक्रमित धेरै फेला परेका हुन् । ‘काठमाडौंमा परीक्षण बढेको छ । बाहिर त्यति परीक्षण भएको छैन,’ डा. पाण्डेले भने, ‘उपत्यका बाहिर कोभिड परीक्षण कम भएर संक्रमण बढी नदेखिएको हुन सक्छ तर बाहिर मृत्युदर बढी देखिएको छैन ।’

हाल काठमाडौंमा ज्वरो नदेखिएको सदस्य भएको परिवार धेरै कम रहेको डा. पाण्डेले बताए । ‘काठमाडौंमा कोभिड घर–घर गइसक्यो,’ उनले भने । हाल देशभरिमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित रहेकामा ५८.३९ प्रतिशत अर्थात् १५ हजार ५ सय ८३ जना राजधानीमा छन् । काठमाडौं जिल्लामा ४६.६२ प्रतिशत अर्थात् १२ हजार ४ सय ४१ जना सक्रिय संक्रमित छन् । कोभिडका कारण हालसम्म मृत्यु भएका ५ सय ९० जनामा १ सय ८३ जना अर्थात् ३१.०१ प्रतिशत उपत्यकाका छन् । काठमाडौं जिल्लामा मात्र २१.०१ प्रतिशत अर्थात् १ सय २४ जनाको मृत्यु भएको छ । ईडीसीडीकै पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले राजधानीका घर–घरमा संक्रमण गइसकेकाले अब रोकथाम गर्न मुस्किल पर्ने बताए । ‘यो संक्रमण बन्द ठाउँमा बढी सर्न सक्ने जानकारी सहज रूपमा नदिँदा यो अवस्था निम्तिएको हो,’ उनले भने ।

‘कोठामा बस्दा हावा ओहोरदोहोर हुनुपर्छ । बन्द ठाउँमा भाइरस हावामा तीन घण्टासम्म रहिरहन्छ । त्यसैले घर, कार्यालय आदिमा हावाको राम्रो ओहोरदोहोर हुनुपर्‍यो, एयर कन्डिसन बन्द गर्नुपर्‍यो, फ्यान चलाउनुपर्‍यो’, उनले भने । राजधानीमा व्यापक रूपमा संक्रमण विस्तार भएकाले दसैंरतिहारमा जो जहाँ छन्, त्यहीं बस्नुपर्ने अवस्था देखिएको विज्ञहरूले बताएका छन् । नभए संक्रमणको विस्तार देशभर हुने खतरा रहेको उनीहरूको भनाइ छ । ‘लक्षण नभएका संक्रमितहरू आइसोलेसनमा नबस्ने, जथाभावी काममा हिँड्ने, भेटघाट गर्ने आदिले गर्दा पनि राजधानीमा संक्रमणको विस्तार व्यापक भएको हो,’ डा. पाण्डेले भने, ‘हामी काठमाडौंमा बस्नेहरूलाई दसैंरतिहारमा बाहिर निस्किने सल्लाह दिँदैनौं, नत्र संक्रमण व्यापक रूपमा देशभरि फैलिन्छ ।’

विज्ञहरूले परीक्षणको संख्यामा थप वृद्घि गर्दै आइसोलेसनको सुविधासमेत व्यापक बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । राजधानीमा हाल सामान्य व्यक्ति सकेसम्म घर बाहिर ननिस्किने, निस्किनै परे दुई मिटरको भौतिक दूरी राख्ने, मास्क लगाउने र हात साबुनपानीले धुने वा सेनिटाइज गर्ने जस्ता जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । कान्तिपुर दैनिक




भर्खरै