२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्थाको सूचीकरण खारेज

स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्थाको सूचीकरण खारेज
अ अ+ अ-

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकरणबाट हटाएको छ। नियमानुसार धरौटी नबुझाएकाले ती संस्थाको सूचीकरण खारेज गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ (क) को उपनियम ६ र ७ बमोजिम वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५ लाख धरौटी राख्नुपर्छ। २०७६ भदौ १ अघि मन्त्रालयमा सूचीकरण भइसकेका ती स्वास्थ्य संस्थाले तीन महिनाभित्र बाँकी २ लाख रुपैयाँ वैदेशिक रोजगार विभागमा जम्मा गर्न नसकेको मन्त्रालयले जनाएको छ। निर्धारित समयमा बाँकी धरौटी बुझाउन नसकेको र पेस भएको सफाइसमेत सन्तोषजनक नभएकाले यही असोज २० गतेको मन्त्रीस्तरीय बैठकले खारेज गरेको हो। नियम ४६ बमोजिम विशेषज्ञ समितिको सिफारिसमा खारेज गरिएको सूचनामा उल्लेख छ। वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ अनुसार ३५ वटा स्वास्थ्य संस्था खारेजीको सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ। सूचीकरण खारेजीमा परे पनि जम्मा गरेको धरौटी रकम फिर्ता नलिएको भए फिर्ता पाउने जनाइएको छ।

मन्त्रालयका अनुसार बसुन्धाराको ढोरपाटन मेडिकल सेन्टर, गोंगबुको हेल्पिङ हेल्थ मेडिकल सेन्टर, बालाजुको नेपाल जनस्वास्थ्य केन्द्र र कोटेश्वरको सृजनशील हेल्थ केयर खारेजीमा परेका छन्। सिनामंगलको एमभी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, धनगढीको नवजीवन अस्पताल, धरानको मञ्जुश्री पोलिक्लिनक एन्ड डायग्नोस्टिक सेन्टर, सिनामंगलको हेल्थ केयर डाइग्नोस्टिक, पुरानो बानेश्वरको नमुना मेडिकल सेन्टर, इटहरीको कान्तिपुर मेडिकल सेन्टर, कालिमाटीको रिलिफ हेल्थ केयर खारेजीमा परेका हुन्। 

यस्तै, काठमाडौंको भेनस अस्पताल, ललितपुरको गोदावरी मिडसिटी अस्पताल, बुटवलको नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर, इटहरी मेडिकल एन्ड स्वास्थ्य उपचार क्लिनिक, अन्नपूर्ण न्युरो अस्पताल, मेघा अस्पताल, मध्यपुर अस्पताल, चितवन मेडिकल कलेज, रामचन्द्र मेमोरियल हेल्थ केयर सेन्टर, समर्पित अस्पताल, ग्रिनसिटी अस्पताल, हेल्पिङ हेन्ड सामुदायिक अस्पतालले अब वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने छैनन्।

नारायणी सेन्टर डायग्नोस्टिक ल्याबोरेटरी, लालगढ मोडेल अस्पताल, विजयपुर अस्पताल, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, न्युरो कार्डियो एन्ड मल्टिस्पेसियलिटी, नोबेल अस्पताल, किस्ट मेडिकल कलेज एन्ड शिक्षण हस्पिटल, म्याक्स इन्टरनेसनल हस्पिटल एन्ड ट्रमा सेन्टर, बीपी स्मृति सामुदायिक सहकारी अस्पताल र सिद्धि पोलिक्निक एन्ड डाइग्नोस्टिक सेन्टरलाई मन्त्रालयले सूचीकरणबाट हटाएको हो। अन्नपुर्णपोष्ट दैनिक