काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले म्यान्चेस्टर सिटीलाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको हो ।
खेलको ३६ औं मिनेटमा होस्को जिभार्डीओलले गोल गर्दै घरेलु टोलि सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर युनाइटेडले दुई गोल फर्कायो ।

८८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गरे भने ९० औं मिनेटमा अमद डियालोले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

हारसँगै सिटी १६ खेलबाट २७ अंकका साथ तालिकाको पाँचौं स्थानमा पुगेको छ । युनाइटेड २२ अंकका साथ १३ औं स्थानमा छ ।











