३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर महोत्सव : के छैन भक्तपुरमा ? तपाईं छुट्नुहोला ! (फोटो फिचर)



अ+ अ-

भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले गरेको भक्तपुर महोत्सवमा सहभागी हुनेहरु बढ्दै गएको देखिएको छ ।

नगरपालिकाले २६ वर्षअघि गरे जस्तै महोत्सव यस पटक आयोजना गरेको हो । मंसिर २८ गतेदेखि सुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ ।

भक्तपुरका कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउँदै यो पुरानो शहरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महोत्सव गरिएको हो ।

महोत्सवमा भक्तपुरको ऐतिहासिक कला, संस्कृति, धार्मिक परम्परा झल्कने नृत्य, हस्तकला, घरेलु उद्योग, सीप, कला, खाद्य सामग्री, बाँसुरी वादन प्रतियोगिता, भजन, नौबाजा, परम्परागत र आधुनिक सांस्कृतिक नाच प्रदर्शनी, पौभा, तस्वीर, चित्रकला, छ्वालीकला प्रस्तुत छन् ।

यसैगरी परम्परागत पोशाक, वाद्यवादन यन्त्र, जीवित कुमारी, दिपङ्कर बुद्ध, मृत्तिका कला प्रदर्शनी, बौद्ध प्रकाशन, कृषि उत्पादन, खाना महोत्सवलगायत गतिविधि हुनेछन् ।

भक्तपुर नगरलाई महोत्सवमय बनाउन नगरका ३२ ठाउँमा प्रदर्शनी पनि हुनेछ ।

महोत्सवका कारण अहिले भक्तपुर गुल्जार बनेको छ । महोत्सव हेर्न दैनिक हजारौं मानिस पुग्ने गरेका छन् ।