१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर महोत्सव : के छैन भक्तपुरमा ? तपाईं छुट्नुहोला ! (फोटो फिचर)



अ+ अ-

भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले गरेको भक्तपुर महोत्सवमा सहभागी हुनेहरु बढ्दै गएको देखिएको छ ।

नगरपालिकाले २६ वर्षअघि गरे जस्तै महोत्सव यस पटक आयोजना गरेको हो । मंसिर २८ गतेदेखि सुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ ।

भक्तपुरका कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउँदै यो पुरानो शहरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महोत्सव गरिएको हो ।

महोत्सवमा भक्तपुरको ऐतिहासिक कला, संस्कृति, धार्मिक परम्परा झल्कने नृत्य, हस्तकला, घरेलु उद्योग, सीप, कला, खाद्य सामग्री, बाँसुरी वादन प्रतियोगिता, भजन, नौबाजा, परम्परागत र आधुनिक सांस्कृतिक नाच प्रदर्शनी, पौभा, तस्वीर, चित्रकला, छ्वालीकला प्रस्तुत छन् ।

यसैगरी परम्परागत पोशाक, वाद्यवादन यन्त्र, जीवित कुमारी, दिपङ्कर बुद्ध, मृत्तिका कला प्रदर्शनी, बौद्ध प्रकाशन, कृषि उत्पादन, खाना महोत्सवलगायत गतिविधि हुनेछन् ।

भक्तपुर नगरलाई महोत्सवमय बनाउन नगरका ३२ ठाउँमा प्रदर्शनी पनि हुनेछ ।

महोत्सवका कारण अहिले भक्तपुर गुल्जार बनेको छ । महोत्सव हेर्न दैनिक हजारौं मानिस पुग्ने गरेका छन् ।