२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ वर्षमुनिको एसिया कप: नेपालले पाकिस्तान र भारतसँग खेल्दै



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी १९ वर्षमुनिको महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली महिला टोलीले आगामी दुई दिन महत्वपूर्ण खेल खेल्नेछ।

नेपालले पहिलो खेलमा सोमबार पाकिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा नेपालले मंगलबार भारतको सामना गर्नेछ।

नेपाली महिला टोलीको कप्तानी पूजा महतोले सम्हाल्नेछिन् भने सोनी पाख्रिन उपकप्तान छन्।

यस प्रतियोगितामा २ समूह बनाइएको छ । नेपाल भने भारत र पाकिस्तान सम्मिलित कठीन समूह क मा रहेको छ । समूह ख मा भने श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । अाज भएका खेलहरूमा भारतले पाकिस्तान तथा श्रीलंकाले मलेसियालाइ पराजित गरेका छन् ।

नेपाली टिम

  • पूजा महतो (कप्तान)
  • सोनी पाख्रिन (उपकप्तान)
  • साना प्रवीण
  • ज्योत्स्निका मरासिनी
  • कुसुम गोदार
  • अलिशा कुमारी यादव
  • साबित्री धामी
  • कृष्णा गुरुङ
  • त्रिशाना बिक
  • किरण कुमारी कुँवर
  • रिया शर्मा
  • रचना चौधरी
  • सिमाना केसी
  • स्नेहा महारा
  • अनु कडायत