काठमाडौँ । मलेसियामा जारी १९ वर्षमुनिको महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली महिला टोलीले आगामी दुई दिन महत्वपूर्ण खेल खेल्नेछ।
नेपालले पहिलो खेलमा सोमबार पाकिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा नेपालले मंगलबार भारतको सामना गर्नेछ।
नेपाली महिला टोलीको कप्तानी पूजा महतोले सम्हाल्नेछिन् भने सोनी पाख्रिन उपकप्तान छन्।
यस प्रतियोगितामा २ समूह बनाइएको छ । नेपाल भने भारत र पाकिस्तान सम्मिलित कठीन समूह क मा रहेको छ । समूह ख मा भने श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । अाज भएका खेलहरूमा भारतले पाकिस्तान तथा श्रीलंकाले मलेसियालाइ पराजित गरेका छन् ।
नेपाली टिम
- पूजा महतो (कप्तान)
- सोनी पाख्रिन (उपकप्तान)
- साना प्रवीण
- ज्योत्स्निका मरासिनी
- कुसुम गोदार
- अलिशा कुमारी यादव
- साबित्री धामी
- कृष्णा गुरुङ
- त्रिशाना बिक
- किरण कुमारी कुँवर
- रिया शर्मा
- रचना चौधरी
- सिमाना केसी
- स्नेहा महारा
- अनु कडायत










