२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

एमालेको दुई दिने राष्ट्रिय कार्यशाला सम्पन्न , के के भयो निर्णय ?

एमालेको दुई दिने राष्ट्रिय कार्यशाला सम्पन्न , के के भयो निर्णय ?
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला आइतबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

देश भरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिहरू सहित ३ सय जनाको सहभागितामा सम्पन्न राष्ट्रिय भेलाले विभिन्न ६ बुँदे घोषणा गरेको छ ।

राष्ट्रिय कार्यशालाले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैत्रसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ । त्यस्तै आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने सङ्कल्प कार्यशालाले गरेको छ ।

कार्यशालाले २०८२ सालको पार्टी सदस्यता नवीकरण २०८१ को चैत्र महिना भित्रै विधिसम्मत र प्रक्रिया सम्मत ढङ्गले सम्पन्न गर्ने सङ्कल्प गरेको छ । यसै वर्ष भित्र सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने सङ्कल्प पनि बैठकले गरेको छ ।

आगामी चैत महिनासम्ममा राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न कार्यशालाले पार्टी केन्द्रसँग आग्रह गरेको छ । कार्यशालाले पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबिच स्थापित गर्ने सङ्कल्प गरेको छ ।

कार्यशालामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नु भएको थियो । यसै गरी पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव कमरेड शंकर पोख्रेल पनि कार्यशालालाई सम्बोधन गर्नु भएको थियो ।

कार्यशालाको पहिलो दिन पार्टी महासचिवले पार्टी केन्द्रले बनाएको वार्षिक कार्य योजनाको अभिमुखीकरण गर्नु भएको थियो भने संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले कार्यशालाको मुख्य विषयको रूपमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यशालाका सहभागीलाई १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो । समूह छलफलमा प्रदेशका इन्चार्जहरू र संगठन विभागका सदस्यहरूले सहजीकरण गर्नु भएको थियो ।

कार्यशालाको दोस्रो दिन समूहगत छलफलका प्रतिवेदन गरिएको थियो । समूहगत प्रस्तुतिका समयमा पार्टीका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र प्रदेशका इन्चार्जहरूको उपस्थिति रहेको पार्टी संगठन विभाग सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।