२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उधौली चाड हर्षोल्लासका साथ मनाइयो



अ+ अ-

ललितपुर । किरात समुदायले उधौली चाड हर्षोल्लासका साथ मनाएका छन् । ललितपुर महानगरपालिका–१४ नखिपोटमा किरात राई यायोक्खा समुदायले साकेला सिली नाच्दै उत्साहका साथ उधौली चाड मनाएका हुन् ।

यस चाडको उपलक्ष्यमा किरात राई यायोक्खा, ललितपुर जिल्ला कार्यसमितिले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

किराँत समुदायका युवतीहरू आफ्नो मौलिक वेशभूषा र गहनामा सजिनाका साथै युवाहरू दौरासुरुवाल र टोपीमा सजिएर ढोल र झ्याम्टा बोकेर साकेला नाच्दा माहोल उल्लासमय देखिन्थ्यो । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।

समितिका अध्यक्ष भूपेन्द्र पुमा राईले भन्नुभयो, “आजका दिन प्रकृतिले राम्रो साथ दियो भन्ने अर्थमा प्रकृतिलाई पूजा गरिन्छ र धन्यवाद दिइन्छ । उभौलीमा अन्न बाली छरिन्छ, रोपिन्छ । त्यो उधौलीमा उठाइन्छ र पितृ पुर्खालाई चढाउने काम हुन्छ ।”

हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली चाडलाई किराँत समुदायमा फरक–फरक नाम दिए पनि समग्रमा उधौलीको नामले चिनिन्छ ।

भूमिपूजा गरेर किरात महिला तथा पुरुष आफ्नो मौलिक वेशभूषामा सजिएर साकेला सिली नाच्ने गर्दछन् । “ललितपुरको हात्तीवनमा पितृपूजा गरेर यहाँ नखिपोटमा साकेली सिली नाच्छौँ । साकेला सिलीमा हाम्रो पुर्खाहरूले ढुङ्गेयुगदेखि आजसम्म के–के गरे सबै देखाइन्छ । विभिन्न खानपीनसहित चाड मनाइन्छ ।” रासस