काठमाडौ । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहनु भएका प्रधान सेनापति अशोक राज सिग्देल भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनु भएको छ ।
प्रधान सेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । प्रधान सेनापति सिग्देललाई भारतीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु भएको थियो ।
भ्रमणको सिलसिलामा प्रधान सेनापति सिग्देल भारतको देहरादुनस्थित क्ष्लमष्बल :ष्ष्तिबचथ ब्अबमझथ मा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथि देहरादुनस्थित Indian Military Academy को रूपमा सहभागी हुनु भएको थियो ।
उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रविन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटहरु मध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीको रूपमा सम्मानित भएका थिए ।

प्रधान सेनापति सिग्देलले भारतका रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, ऋजष्भा या म्भाभलअभ क्तबाा जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएको थियो ।

सोही अवसरमा उहाँले भारतीय सेनाको Southern Command अन्तर्गतका Air Force Station, Tata Advanced System Limited लगायतका विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गर्नु भएको थियो ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबिच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध थप सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण हुने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।










