२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 15.46

Wind: 1.54

Humidity: 100

Latest
पछि हटे ट्रम्प, भन्सार शुल्क लगाउने निर्णय ९० दिनका लागि स्थगित बिम्स्टेकको तेस्रो  कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न २७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान जनताको सेवामा थप प्रभावकारी काम गर्न सरकार लागिपरेको छ : मन्त्री गुरुङ च्याम्पियन्स लिगः डर्टमण्डमाथि बार्सिलोनाको सहज जित, पिएसजीले एस्टन भिल्लालाई हरायो यस्तो छ आजको विनिमय दर काठमाडौं उपत्यकामा चट्याङ र हावाहुरीसहित वर्षा रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मती नदीकिनारमा आगो लगाएर घाइते भएकी महिलाको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको वाग्मती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आज मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो १२ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइ गम्भीर घाइते भई उपचारका क्रममा आज उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शनिबार दिउँसो बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको र गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आज साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।” मृतक आचार्यको शव परीक्षणका लागि अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज टिचिङमा पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो ।