४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

रोक्का राखिएका जग्गा फुकुवा गराउँदै टिकापुर नगर बिकास समिति

रोक्का राखिएका जग्गा फुकुवा गराउँदै टिकापुर नगर बिकास समिति
अ+ अ-

टिकापुर । कैलालीको टीकापुर नगर बिकास समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको जग्गा फुकुवाका लागि प्रक्रिया अगाडि बढाएको छ । 

आयोगले रोक्का राखेको १६२ कित्ता जग्गा फुकुवाका लागि अध्यन तथा छानबिन उपसमिति गठन गरेर फुकुवाको प्रक्रिया अगाडि बढाइएको हो । 
टीकापुर नगरपालिकाका  प्रमुख तथा टीकापुर नगर बिकास समिति अध्यक्ष तपेन्द्रबहादुर रावलको अध्यक्षतामा गत असार १ गते बसेको बोर्ड बैठकले रोक्का जग्गा फुकुवाको प्रक्रिया अगाडि बढाउन बोर्ड सदस्य मोहनसिंह बिकको संयोजकत्वमामा चार सदस्यीय उपसमिति गठन गरेको थियो । 

उपसमितिले रोक्का भएको ती जग्गाको अध्यन तथा छानबिन गरेर  प्रतिबेदन बोर्ड समितिलाई उपलब्ध गराउन एक महिनाको समय पाएकामा कोरोनाका कारण भएको बन्दाबन्दीले छानबिनको काम पूरा हुन नसक्दा साउन ११ गते बसेको बोर्ड बैठकले पुनः एक महिना समय थप गर्दै भाद्र मसान्तसम्म प्रतिबेदन बुझाउन भनेको थियो ।

संयोजक बिकले उपसमितिले प्रतिबेदन तयार पारिसकेको तर बोर्ड बैठक बस्न नसकेकोले प्रतिबेदन हस्तान्तरण गर्न नसकेको बताउनुभयो  । उहाँका अनुसार सो प्रतिबेदनलाई बोर्ड बैठकले  अध्यन गरेर  संघीय मन्त्रालयमार्फत रोक्का जग्गा फुकुवाको लागि आयोग समक्ष  आग्रह गरिने  छ । “रोक्का भएको जग्गाको सम्बन्धित जग्गा धनीसँग हामीले  निवेदन मागेका थियौ तर सबै जग्गाको निवेदन भने आएको छैन ।” संयोजक बिकले भन्नुभयो । 

उपसमिति सदस्य एवं बिकास समितिका प्राबिधिक नेत्र रावलले भन्नुभयो, “सबै जग्गाको निवेदन आएको भए छानबिन गर्न सजिलो हुने थियो । निवेदन पनि निकै कम आयो ।” मालपोत कार्यालयका प्रमुख एबं उपसमिति सदस्य दलबहादुर चन्दले रोक्का भएको जग्गा फुकुवाका लागि आफूहरुले केही गर्न नसक्ने  भएकाले कानूनसम्मत रहेर  सल्लाह दिने काम भने गरिएको बताउनुभयो ।

वि.सं २०६६ देखि २०६८ सालसम्म टीकापुर बिकास समितिको अध्यक्ष रहनुभएका नेत्रप्रसाद जैसीको नेतृत्वमा बिक्री भएका १६२ कित्ता जग्गा बिक्री गर्दा अनियमितता भएको भन्दै आयोगले सबै कित्ता रोक्का गराएको थियो । जग्गा खरिद गरेका जग्गाधनीले अख्तियारमा परेको उजुरीका आधारमा जग्गा रोक्का हुदा कारोबार गर्न समस्या भएको बताएका छन् ।