६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाब्बा टेस्टः अष्ट्रेलियाको पहिलो इनिङ्समा ४ सय पार रन, हेड र स्मिथको शतक



अ+ अ-

काठमाडौँ । भारतविरुद्धको गाब्बा टेस्टमा अस्ट्रेलियाले बलियो सुरुवात गरेको छ । खेलको दोस्रो दिन आइतबार भएको पहिलो इनिङ्समा टोलीले ७ विकेट गुमाएर ४ सय ५ रन बनाएको छ । विकेटकिपर एलेक्स केरी ४५ रनमा अविजित र मिचेल स्टार्क २० रनमा अविजित फर्किए ।

ब्रिसबेनको द गाब्बा मैदानमा खेलिएको उक्त खेलमा आयोजक टोलीले २८र० को स्कोरबाट खेल सुरु गरेको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले १०१ रनको शतकीय पारी खेले भने ट्राभिस हेडले १५२ रन बनाए ।

यी दुईबीच चौथो विकेटका लागि २४१ रनको साझेदारी भयो । ओपनर उस्मान ख्वाजा २१ रन बनाएर आउट भए । भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिए । मोहम्मद सिराज र नितिश राणाले एक–एक विकेट लिए ।

यस खेलको पहिलो दिन पानी परेको थियो । शनिबार मात्र १३.२ ओभर बलिङ गर्न सकियो । भारतीय टोली टस जितेर बलिङ गरिरहेको छ । हाल, बोर्डर–गावस्कर ट्रफी एक एक बराबरीमा छ । भारतले पहिलो टेस्ट २९५ रनले जितेको थियो भने दोस्रो खेलमा १० विकेटले जितेर अस्ट्रेलियाले पुनरागमन गरेको थियो ।