९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर कति ?



अ+ अ-

काठमाडौं । पुस महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् ।

अघिल्लो महिनाको तुलनामा पुषमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.०४ प्रतिशतले बढेको छ । मंसिरमा अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७ प्रतिशत रहेकोमा पुसमा ६.०१ प्रतिशत पुगेको छ।

पुस मा २० वाणिज्य बैंकमध्ये १४ बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै, तीन वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन् ।

ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् भने घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

एसबीआई, प्रभु, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, ग्लोबल आईएमई, कुमारी, एभरेस्टलगायतका बैंकले यथावत राखेका छन् ।