५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व खाद्य कार्यक्रमले जित्याे नाेबेल शान्ति पुरस्कार



अ+ अ-

ओस्लाेः यस वर्ष सन् २०२० काे नाेबेल शान्ति पुरस्कार राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाइ प्रदान गरिने भएकाे छ । विश्वका युद्धग्रस्त क्षेत्रमा समेत भाेकमरीकाे चपेटामा परेका मानिसलाइ खाद्यान्न पुर्याउने महत्वपूर्ण जिम्मेवारी पूरा गरेकाे भन्दै नर्वेजियन नाेबेल कमिटीले नाेबेल शान्ति पुरस्कार प्रदान गरेकाे जनाएकाे छ ।

नाेबेल कमिटीका अध्यक्ष बेरिट रेइस एन्डरसनले नर्वेकाे राजधानी ओस्लाेमा उक्त पुरस्कार घाेषणा गर्नु भएकाे हाे ।

यस पुरस्कारका लागि ३१८ जना व्यक्ति तथा संस्थाका बारेमा अनुसन्धान गरिएकाे थियाे जसमा २११ व्यक्ति र १०७ संस्था सहभागी थिए ।

हालसम्म याे पुरस्कार १०० व्यक्ति र २४ संस्थाले प्राप्त गरिसकेका छन् । पुरस्कार विजेताले एक कराेड क्राेनर अर्थात ८ लाख ७० हजार पाउन्ड स्टर्लिङ प्राप्त गर्नेछन् ।

एजेन्सी