५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रीमियर लिगः लिभरपुल र आर्सनल दुबै बराबरीमा रोकिए, लेस्टरमाथि न्युक्यासलको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलले बराबरी खेलेको छ । गएराति भएको खेलमा लिभरपुल फुलहमसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ११ औं मिनेटमा एन्ड्रीस पेरेइराको गोलबाट पाहुना टोलि फुलहमले खेलमा सुरुवाती अग्रता बनाएको थियो । खेलको १७ औैं मिनेटमा एन्ड्रीउ रोबर्टसनले रातो कार्ड खाएपछि लिभरपुल १० खेलाडिमा समेटिएको थियो ।

४७ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । ७६ औं मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै फुलहमलाई २–१ ले अघि बढाए ।

८६ औं मिनेटमा डिओगो जोटाले गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याएर टोलिको हार टारे । लिभरपुल १५ खेलबाट ३६ अंकका साथ शीर्षस्थानमा यथावत छ । फुलहम १६ खेलबाट २४ अंकका साथ नवौं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । आर्सनलको यो लगातार दोस्रो बराबरी हो । टोलि १६ खेलबाट ३० अंकका साथ तेस्रो स्थानमा छ । एभर्टन १५ खेलबाट १५ अंकका साथ १५ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले लेस्टर सिटीलाई ४–० गोलले हरायो । घरेलु टोलिलाई सहज जित दिलाउन जाकोव मुर्फीले दुई तथा ब्रुनो गुइमारेज र एलेक्जान्डर इसाकले एक–एक गोल गरे ।

न्युक्यासल १६ खेलबाट २३ अंकका साथ ११ औं स्थानमा छ भने लेस्टर १४ अंकका साथ १६ औं स्थानमा छ ।