१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस महिनामा दुई वटा नेपाली चलचित्र रिलिजको तयारीमा



अ+ अ-

काठमाडौँ : दसैँताका नेपाली चलचित्र प्रदर्शनमा भिडभाड देखिए तापनि पुस महिनामा नयाँ चलचित्रको प्रदर्शन सुस्ताएको छ । पुस ५ गते ‘बम बहादुर’ र २६ गते ‘कार्साङ’ प्रदर्शन घोषणा गरिएको छ अर्थात् पुस महिनामा २ वटा मात्र चलचित्र प्रदर्शन हुनेछन् ।

गत वर्ष पुसमा पनि एउटा मात्र नेपाली चलचित्र प्रदर्शन भएको थियो ।

पुस ५ मा प्रदर्शन तय गरिएको चलचित्र ‘बम बहादुर’ मा भारतको दार्जिलिङ पहाड र छिमेकी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षको विषयलाई समेटिएको निर्देशक जोन राईको भनाइ छ । सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको उनले बताए ।

चलचित्रका मुख्य पात्र बम बहादुरको सङ्घर्षमय जीवनको कथा यहाँ समेटिएको छ । यस चलचित्रको प्रचार दर्शकले नै गर्नेमा विश्वस्त रहेको उनको भनाइ छ ।

यस चलचित्रमा अभिनेता सौगात मल्ल, अभिनेत्री निशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायत छन् ।

यस्तै, पुस २६ मा प्रदर्शन तय गरिएको चलचित्र ‘कार्साङ’ शेर्पा समुदायको कथामा आधारित रहेको निर्देशक यम शेर्पाले जानकारी दिएका छन् ।

चलचित्रमा निकै कम स्थान पाएको शेर्पा समुदायको संस्कृति र कथालाई देखाउने कोसिस गरेको उनको भनाइ छ ।

चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् ।