२७ फाल्गुन २०८१, मंगलवार
March 11, 2025 Tuesday
Latest
हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन राष्ट्रिय सुरक्षामा देखिएका नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड नदिनाला स्वच्छ राख्न नीतिगत निर्णय आवश्यकः उपप्रधानमन्त्री सिंह वनमन्त्री शाहीसँग र बेलायती राजदूतको शिष्टाचार भेट ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी पेस्तोलसहित पक्राउ परे लागुऔषध कारोबारी गण्डकीका तीन लाखबढी परिवारको स्वास्थ्य प्रोफाइल तयार मालिका गाउँपालिकाले मनायो स्थापना दिवस प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता गण्डकी प्रदेश विजयी चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम निर्देशिका संशोधन गर्ने बागमती प्रदेश सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको केन्द्रिय सदस्यहरुको कार्यविभाजन आईतवार हुने



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी कार्ययोजना र पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजन छलफल भएको छ ।

शुक्रवारबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा जारी बैठकमा आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरुले बोल्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँकाअनुसार पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजन आईतवारमात्रै हुनेछ ।

आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरले बोल्ने क्रम जारी छ । आज यसको बारेमा धारणा राख्ने कमरेडहरु जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साह आज आफ्ना धारणा राख्नुभएको बताउनु भयो ।

छलफलमा पार्टीको संगठन, पार्टीलाई कसरी सुदृढ बनाउने, आगामी दिनमा आइपर्ने सम्पूर्ण प्रकारका चुनौतिहरु निर्वाचनमा प्रतिष्पर्धा गर्नेकुरा, पार्टीलाई सबल बनाउने, समग्रमा राष्ट्रको हितको प्रतिनिधित्व गर्नका निम्ति आफ्नो राजनीतिक दललाई सशक्त बनाउने विषयमा व्यापक गहिरो छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको तेस्रो बैठक हिजोदेखि लगातार सञ्चालन भइरहेको छ । यो बैठकमा विशेषतः थुप्रै साना योजनाहरु छन् । त्यसमध्ये मुख्य एजण्डाहरु हाम्रो पार्टीको आगामी कार्ययोजना र पार्टीका केन्द्रित सदस्यहरुको कार्यविभाजन दुई वटा विषय प्रमुख छन् । आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरले बोल्ने क्रम जारी छ ।

आज यसको बारेमा धारणा राख्ने कमरेडहरु जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साह हुनुहुन्छ ।

पार्टीको संगठन, पार्टीलाई कसरी सुदृढ बनाउने, आगामी दिनमा आइपर्ने सम्पूर्ण प्रकारका चुनौतिहरु निर्वाचनमा प्रतिष्पर्धा गर्नेकुरा, पार्टीलाई सबल बनाउने, समग्रमा राष्ट्रको हितको प्रतिनिधित्व गर्नका निम्ति आफ्नो राजनीतिक दललाई सशक्त बनाउने विषयमा व्यापक गहिरो छलफल भएको छ । छलफल भोलिसम्म चल्नेछ । कार्यविभाजनको काम भोलि हुनेछ ।’

बैठक आईतवारसम्म सञ्चालन हुने पनि जानकारी दिनुभयो ।