५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए विज्ञ सम्मेलन – कोभिडले कृषि क्षेत्र धराशायी, बिज्ञको चिन्ता



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले कृषि क्षेत्र धराशायी भएको छ । कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको छ ।गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषिसँग सम्बन्धीत आधा दर्जन भन्दा बढी कार्यपत्र  प्रस्तुत भए ।
नेपाल कृषिप्रधान देश भएपनि कृषिमा आत्मर्निभर हुन सकेको छैन् । उत्पादन घट्दै जाँदा कृषिक्षेत्रमै परनिर्भरता बढ्दै गएको छ । ६७ प्रतिशत कृषिमा आश्रित जनसंख्या भएपनि कृषिको व्यवसायिक उत्पादन हुन नसक्दा कुल ग्राहस्थ उत्पादनमा यसको यसको योगदान बढ्न सकेको छैन् ।

नेपालले वर्षेनी २ खर्ब भन्दा बढीको कृषिजन्य वस्तु आयात गर्दै आएको छ । डा। जगदिस तिमिल्सनाले कृषि क्षेत्रको उत्थानका लागि विशेष योजना ल्याउन आवश्यक भएको बताउनुभयो । कृषि सँग सम्बन्धीत दर्जनौं कार्यपत्र प्रस्तुत भएका थिए । राष्ट्रिय योजना आयोगको पूर्व सदस्यतथा सासद  विमला राई पौडेलले कोभिडले कृषि र खाद्य क्षेत्रमा असर पारेको बताउनुभयो । कृषिमा प्रशस्त संभावना भएपनि उत्पादनमा जान नसकिएको उहाँको भनाइ छ । नेपालमा धेरै संभावना भएपनि धेरै आयात गर्नुपरेको अवस्था छ ।

कोभिडले समग्र अर्थतन्त्रमा असर पारीरहेको अवस्थामा कृषि क्षेत्रमा पनि समस्या सिर्जना गरेको उहाँको भनाइ छ । ‘कोभिड १९ ले भोकमरीको अवस्था आउन सक्ने देखिएको छ’ उनले भनिन् । समयमा ढुवानी गर्न नसक्दा खाद्यन्न तथा खाद्य वस्तुमा कोभिडले असर गरेको उहाँले बताउनुभयो ।‘डेरी, तरकारी र पोल्ट्री व्यवसाय कोभिडले धराशायी बनाएको छ’ उहाँले बताउनुभयो । मलको समस्या समाधान गर्न सरकारले नसकेको उहाँको भनाइ छ । प्रोडक्सन हाइ, कृषि पूर्वाधार तथा प्रविधि नभएका कारण कृषि आत्मनिर्भर हुन सकेको छैन । किसानको प्रबर्धनात्मक हुन नसक्दा चिन्तित भइरहेका छन् । ‘रोडम्याप बनाएर निर्यातमा भन्दा आयात प्रतिष्ठापन गर्न सके ठूलो उपलब्धी हुन्छ’उहाँले भन्नुभयो । सरकारले कृषिको आकर्षक प्याकेज ल्याए एकडेढ वर्षमै फड्को मार्न सकिने उहाँको भनाइ छ ।कृषिमा आत्मनिर्भर हुन विदेशी लगानी आकर्षक गर्नुपर्ने उहाँको भनाइ छ । प्रविधि प्रयोग गरी कृषिको लागत घटाउन सके कृषिमा आकर्षण बढ्ने निश्चित छ । कृषि पूर्वाधार बनाएर व्यापारघाटा कम गराउन सकिने उहाँले बताउनुयो ।  धान विशेषज्ञ भोलामान सिंह बस्नेतले चैते धान र बर्खे धान उत्पादन बढाउनुपर्नेमा जोड दिए । उत्पादन बढाउन सके मात्रै धानमा आत्मनिर्भर हुन सकिने उहाँको भनाइ छ ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले खाद्य र पोषण सुरक्षामा जोड दिनुपर्ने बतानुभयो । खाद्य सुरक्षा नीति र पोषणा सुरक्षा र स्वच्छतामा ध्यान दिनुपर्ने उनको भनाइ छ । कृषि विकास रणनीतिले समेत खाद्य सुरक्षामा प्राथिमकता दिएको छ । प्रत्येक नागरिकले खान पाउने गरी अधिकार सुरक्षित गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद्को सदस्य यमुना घलेले धेरै खाद्य वस्तु संस्कृति र पहिचानसँग जोडिएको बताउनुभयो । खानेकुराको स्वाद, बनाउने शैली र समयले पनि खाद्यवसस्तुको उपयोगिता बढ्ने उनको भनाइ छ । ‘ खाना र पहिचान जोडिएर आउँछ’ उहाँले भन्नुभयो ‘बच्चा जन्मेदेखि मृत्युसंस्कारसँग खानाको महत्व छ ’
रबर विज्ञ तिलक भण्डारीले नेपालमा रबरको व्यवसायिक  खेतीको संभावनाका प्रशस्त रहेको बताउनुभयो । वर्षेनी ११ अर्बको रबर आयात भइरहेको भन्दै स्वदेशमै रबर उत्पादन गर्न सरकारले ध्यान दिन नसकेको बताउनुभयो । रबरबाट ५० हजार वस्तु उत्पादन गर्न सकिन्छ ।  
रबर धानपछि दोस्रो बाली हो । २ प्रतिशत मात्रै स्वदेशी रबरले धानेको । ९८ प्रतिशत बाहिरबाट आउँछ । ११ अर्बको रबर आयात भएको छ । नेपालमा रबरको खेतीबाट रोजगार दिन सकिने उहाँले बताउनुभयो ।
कोरोना कहर
 माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन
 कोरोना भाइरस (कोभिड १९) ले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिएपनि तत्काल पूरा हुने नदेखिएको हो ।गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको क्रममा ‘कोरोनापछि पशुपालनको इसु र समाधान’ कार्यपत्र प्रस्तुत गर्दै पशुसेवा विभागका निर्देशक बंशी शर्माले माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर नजिक देखिएपनि कोभिडले असर पु¥याएको बताउनुभयो ।
कुल ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान १३ प्रतिशत छ । कृषि क्षेत्रमै पशुपन्क्षीको योगदान ३० प्रतिशत छ । ६० प्रतिशत कृषक पशुपालन क्षेत्रमा संलग्न छन् ।
निर्देशक शर्माले पशुपालन क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले पशुपालन क्षेत्रलाई प्राथमिकता दिदैँ आएको बताउनुभयो । व्यवसायिक पशुपालन गर्न सक्दा गरिबी निवारण र रोजारी सिर्जनामा यसले महत्वपूर्ण योगदान पु(याउँछ ।’ उहाँले भन्नुभयो । कोरोना भाइरस९कोभिड १९०ले दूधमा पूर्णरुपमा असर पुगेको छ । माछा खाने संस्कृति पनि कम भएको छ ।
निर्देशक शर्माले पशुमा लाग्ने रोग खेरेट, पिपिआर लगायत निर्मुल पर्न सरकार लागिपरेको बताउनुभयो । व्यवसायिक पशुपालनको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा काम गर्न सके पशुपालन क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिने बताइएको छ ।
निर्देशक शर्माले गरिबीका कारण माछा, मासु र दूधको उपयोग बढ्न नसकेको बताए । पछिल्लो समयमा कोभिडले मासुको उपयोग झन् घटाएको र दूधको बिक्री हुन नसक्दा पाउडर बनाउनुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले उत्पादन बढाउन पशुचौपायको कृत्रिम गर्भाधान समेत गराउँदै आएको छ ।

कृषि उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पु-याइने
 नेपाली कृषि उत्पादन विश्वबजारसम्म पु-याइने भएको छ । नेपालको अर्गानिक उत्पादनको विश्व बजारमा माग बढ्दै गएकाले उत्पादन विश्वबजारसम्म पु(याउने तयारी भएको हो ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनका क्रममा ‘कृषि उत्पादन र बजारीकरण’ प्यानल छलफलका क्रममा बोल्ने वक्ताहरुले कृषि उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारसम्म पु(याउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने वक्ताहरुले बताए । केमिकल, विषादी तथा एन्टिबायोटिकको प्रयोग बढीरहेकोमा चिन्ता व्यक्त गर्र्दै अर्गानिक खेतीमा ध्यान दिन सके स्वदेश तथा विश्वबजारमै बिक्रीको समस्या नहुने वक्ताहरुले उद्घोष गरेका छन् ।
उद्योगी पवन गोल्यानले कृषि क्षेत्रमा पछिल्लो समयमा प्राथमिकता दिएको बताउनुभयो । दुई तिहाइ किसान कृषिमै रहेकाले देशको लागि केही गर्न कृषि क्षेत्रमा जोडिएको उहाँको भनाइ छ । ‘गाउँगाउँमा गएर अर्गानिक खेति पनि सिकाँदै छौं’उहाँले भन्नुभयो,‘ बिषाधी खाद्यवस्तु खाएर धेरै बिरामी परेको अवस्था छ।’ गोल्यानले २५ वटा गाउँमा अर्गानिक जैविक मल र जैविक खेती गरी बिक्री गर्न नसक्ने किसानको वस्तु आफै किनिदिने गरेको बताउनुभयो ।
बजारीकरण महत्वपूर्ण विषय भएको भन्दै उहाँले नेपाल र विदेशमा बजारीकरण गर्न ध्यान दिनुपर्ने बताउनुभयो । । एग्रो प्रोसेसिङ इन्डस्ट्रीमा हात हालेर सरकार तथा नीजि क्षेत्रले बजारीकारणमा काम गर्नुपर्ने उनले बताउनुभयो । तालिम दिएर नेपाली श्रमिकलाई दक्ष बनाउनुपर्ने र विदेशी श्रमिक विस्थापित गर्दै जानुपर्ने उहाँको भनाइ छ ।
सरकारले रिटर्नी माइग्रेनलाई १० लाखसम्मको सहुलियत कर्जा बिना धितो ५ प्रतिशत ब्याजमा दिने व्यवस्था गरेको छ । एनएमबी बैंकका अध्यक्ष समेत रहेका गोल्याणले सहुलियत कर्जामा उच्च प्राथमिकता दिएर विदेशबाट फर्केकालाई उद्यमी बनाउन लागिपरेको बताउनुभयो ।
निम्बस ग्रुपका एक्जुकेटिभ डाइरेक्टर दिनेश गौतमले कृषिजन्य वस्तुको निर्यातमा प्राथमिकता दिइरहेको बताउनुभयो । किसानसँग प्रत्यक्षरुपमा जोडिएर फार्मिङ सञ्चालन गरी कृषिमा प्रत्यक्ष काम गरिरहेको उहाँले बताए ।निम्बसले अन्नमन्डी कन्सेप्ट ल्याएका छ । खाद्यबाली धान, गहुँ र मकैको जीडिपीमा ठूलो योगदान दिएकाले यसको उत्पादन बढाउन सबै जागरुक हुनुपर्ने उनले सुनाए । किसानलाई बजार, बिक्री, कर्जा, ढुवानी, भण्डारण र बिमामा सहयोग गर्न सके कृषि उत्पादन बढ्ने र बजारीकरण हुन थप सघाउ पुग्ने उनको भनाइ छ ।
कन्चनजंगा टिस्टेटका डाइरेक्टर शान्ता कोरोइराला बास्कोटाले साना किसानलाई प्रोडक्सनमा जोड्न ध्यान दिएको बताउनुभयो । उहाँले अर्गानिक उत्पादनको विश्वबजारमा माग बढ्दै गएको बताउनुभयो । कञ्चनजंगा टिस्टेले सन् २००२ देखि नै अर्गानिक उत्पादन गर्र्द आएको छ । ‘हामी विभिन्न देशको स्टान्र्डड मापन गरी उत्पादन गर्ने गरेकाले बिक्री समस्या छैन् ।’ उहाँको  क्वालिटी स्ट्यान्ड हुने भएकाले डिमान्ड बढी भएको उनको अनुभव छ  ।
नेपाली उत्पादन अन्र्तर्राष्ट्रिय बजारमा पु(याउन सरकारले निर्यातमा सहजीकरण गर्नुपर्छ । विदेशमा पु(याउन ल्यावटोरी जिटुजी हुन सके सहज हुने उहाँले सुनाइन् । ‘क्षेत्रगत अनुसार सर्टिफिकेसन देश टु देश अनुसार गर्नुपर्छ ।’ उनले भनिन् । मास प्रोडक्सनका लागि फन्डिङ आवश्यक पर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
मास प्रोडक्सनमा जान कोरोना भाइरस९कोभिड १९० बाट रोजगारी गुमाएर विदेशबाट फर्केकालाई समेट्नुपर्ने उहाँले बताउनुभयो । ‘छुट्टै योजना ल्याएर उनीहरुलाई उद्योग र कृषिमा प्राथमिकता दिनुपर्छ’ उहाँ भन्नुभयो ‘ मार्केटिङको लिंकअप गर्न सके किसानले बजारको समस्या भोग्नुपर्दैन।’
खाद्य प्राविधिक सक्झना दाहालले फुड सेफ्टी एण्ड क्वालिटी हुन सके बजारको समस्या नहुने बताउनुहुन्छ । ‘यसो भए एक्सपोर्ट मार्केटमा जान सक्छ’उनले भनिन्,‘तर बिक्री वितरणमा सहज बनाउन आइएसओलगायत सर्टिफिकेट लिनुपर्छ ।’ फुड क्वालिटी र सिस्ष्टममा उत्पादन गर्न ध्यान दिनुपर्ने उनले बताउनुभयो ।