८ श्रावण २०८३, शुक्रबार
,
Latest
भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल)अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

किर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा चितवनले जनकपुरलाई १८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १८० रन जोड्यो ।

उसका लागि कप्तान कुशल मल्लले बिस्फोटक पारी खेले ।

उनले ४१ बलमा ७२ रन जोडे । मल्लले ७ छ्क्का र तीन चौका हिर्काए । यस्तै रबि बोपाराले ४४ तथा हसन इसाकहिलले २८ रनको योगदान दिए ।

बलिङतर्फ जनकपुरका ललित राजवंशीले दुई तथा हर्ष ठाकर, मोहम्मद मोहसिन र जेम्स निशमले एक-एक विकेट लिए ।