१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल: काठमाडौंले पोखरालाई हरायो



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) अन्तरगत आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो ।

पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

उसका लागि स्टेफन इस्किनाजिले अर्धशतकीय इनिङ खेले । ३४ बल खेलेका उनले १० चौकाको मद्दतमा ६० रन जोडे । यस्तै, माइकल लेभिटले ३२, गेर्हार्ड इरास्मसले अविजित २५ तथा भीम सार्कीले २२ रनको योगदान दिए ।

बलिङतर्फ पोखराका बिपिन खत्रीले तीन तथा माइकल लिस्कले एक विकेट लिए ।

त्यसअघि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनायो ।

पोखराका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए । यस्तै, दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् ।

उसका लागि गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक÷एक रन जोडे । पोखराले अतिरिक्त ११ रन प्राप्त ग¥यो ।

काठमाडौँका लागि कप्तान करण केसी र रासिद खानले समान तीन/तीन विकेट लिए । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक/एक विकेट लिए ।

योसँगै ६ खेलमा तेस्रो जित हात पारेको काठमाडौंले प्लेअफ पुग्ने सम्भावना पनि कायम राखेको छ । ६ खेलबाट ६ अंक जोडेको काठमाडौं अङ्कतालिकाको चौथो स्थानमा उक्लेको छ ।

काठमाडौंसँग पराजित भएको पोखराको भने प्लेअफमा पुग्ने सम्भावना निकै कम बनेको छ ।

६ खेलमा २ जित निकालेको पोखरा सातौं स्थानमा छ । पोखरालाई अन्तिम खेलमा ठूलो जितले मात्र पुग्नेछैन । अन्य टोलिको ठूलो हार पनि उसलाई आवश्यक पर्नेछ ।