काठमाडौं । आईतबारका लागि तय भएको नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक स्थगित भएको छ । पार्टीका पूर्बकोषध्यक्ष रामबाबु प्रसाईको निधानमा शोक ब्यक्त गर्न पार्टी केन्द्रिय कार्यलय बन्द गर्न र केन्द्रिय समितिको बैठक स्थगित गरिएको हो ।
प्रसाईको निधनमा आईतबार केन्द्रिय कार्यलय र जिल्ला कार्यलय बन्द गर्दे तया तीन दिन सम्म पार्टीको झण्डा झुकाउने नेपाली काँग्रेस केन्द्रिय कार्यलयले जनाएको छ ।
यसै बीच बरिष्ठ नेता रामचन्द्र पौडेल पनि आईसोलेसनमा बस्नु भएको र अन्य केही केन्द्रिय सदस्यहरुलाई कोरोना सक्रमण देखिएका कारण केन्द्रिय समितिको बैठक कहिले बस्ने भन्ने तय हुन सकेको छैन ।