१४ श्रावण २०८३, बिहीबार
,
Latest
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रिय समिति बैठक पुस २१ गतेदेखि



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) को स्थायी समितिको बैठकले स्थानीय तहको उपनिर्वाचनमा पार्टीले उत्साहजनक मत पाएको निस्कर्ष निकालेको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जनताले एकचोटि फेरि माओवादी केन्द्रलाई साथ दिने मनशाय बनाएको सन्देश उपनिर्वाचनले दिएको निस्कर्ष निकालेको हो ।

स्थायी समिति बेठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदका दुई ठूला दल काँग्रेस र एमाले मिलेर जाने सोचलाई उपनिर्वाचनले खण्डित पारेको बताउनु भयो । वर्तमान सरकार टं«कलाइनको महशुल उठाउनको लागि विद्युत प्राधिकरणले गरेको प्रयत्नमा अवरोध सिर्जना गर्ने, विश्वविद्यालयका नियुक्तिमा दबाब दिनेदेखि हरेक निकायहरुमा हस्तक्षेप तिब्र बढेको भन्दै पार्टीले आपत्ति जनाएको सापकोटाले बताउनु भयो ।

उहाँकाअनुसार पुस २१ गतेदेखि पार्टीले केन्द्रिय समिति समेत बोलाएको छ । त्यसअगाडि पुस १७, १८, १९ र २० गते स्थायी समिति बैठक बोलाएको बस्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकको मुख्य एजेण्डा भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनका बारेमा छलफल गर्ने थियो । उपनिर्वाचनको परिणामले उत्साहको वातावरण सिर्जना गरेको छ । त्यस्तै काँग्रेस र एमाले मिलेर दुई दल एकातिर जाने सोच बनाएका थिए त्यो सोचलाई खण्डित गरेको छ । र अहिले काँग्रेस र एमालेको दुई तिहाईको सरकारले जसरि जनताको हितविपरित काम गरिरहेको छ । सुशासनका विरुद्धमा कामहरु भइरहेका छन् । टं«कलाइनको महशुल उठाउनको लागि विद्युत प्राधिकरणले गरेको प्रयत्नमा अवरोध सिर्जना गर्ने काममा गरेको छ । मन्त्री नै प्राधिकरणमा कार्यकक्ष खोलेर बसेका छन् । विश्वविद्यालयका नियुक्तिमा दबाब दिनेदेखि हरेक निकायहरुमा सरकारको हस्तक्षेप तिब्र बढेको छ, त्यसमा पार्टीले आक्रोस व्यक्त गरेको छ ।

संघीय संसदका दुवै सदनको बैठक बस्ने बेला पनि भएको छ । त्यसमा पनि प्रभावकारी हस्तक्षेपको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने निर्णय भएको छ । अहिले राष्ट्रिय परिस्थिति एकदमै प्रतिकुल हुँदै गइरहेको अवस्थामा छ । अन्तर्राष्ट्रिय परिस्थिति पनि एकदमै पेचिलो बन्दै गइरहेको छ । यो अवस्थामा पार्टीले आफ्नो भुमिकालाई गुणात्मक रुपमा बढाउनुपर्छ भन्ने निर्णय गरेको छ । र अर्को चाहीँ, हामीले पार्टीको केन्द्रिय समितिको बैठक पुसको २ गते बस्ने भनेका थियौं । अहिले पालिका सम्मेलन चलिरहेको हुनाले मंसिर मसान्तभित्रमा सक्ने भनेपनि केही कारणले सम्पन्न हुनसक्ने स्थिति नबनेका कारणले अन्तिम तयारीका लागि स्थायी कमिटिको बैठक मंसिर १७, १८,१९ र २० गते बस्ने र केन्द्रीय समितिको बैठक २१ गते बस्नेगरि निर्णय भएको छ ।’

बैठकले पार्टीका तर्फबाट भएका कमिकमजोरहिरुको समिक्षा गर्ने र जनताको हितमा समर्पित हुँदै जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने निर्णय समेत गरेको सापकोटाले बताउनु भयो ।