१४ श्रावण २०८३, बिहीबार
,
Latest
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस भएन,साझा धारणा बनेनः कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस नभएको र साझा धारणा बन्न नसक्नु बिडम्बना भएको बताएका छन् ।

आज पार्टीद्वारा आयोजित ‘नेपालमा जलश्रोतको चुनौती र समाधान’बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कुनै एउटा मुलुकको स्वार्थ पुर्तिका लागि मात्र नेपालको जलसम्पदा प्रयोग हुने बिषय प्रधान हुन नसक्ने भन्दै पुर्ब उर्जा मन्त्री समेत रहेका थापाले दीर्घकालीन नीति तर्जुमा गर्न राज्य असफल भएकोमा चिन्ता ब्यक्त गरे ।

जलसम्पदाको समुचित सदुपयोग गर्नको लागि नीति बन्न नसक्नु सिचाइको क्षेत्रलाई ओझेलमा पारिएको , राजनितीक दलहरुमा यति धेरै महत्त्वपूर्ण इस्युमा बहसको न्युनता रहनु, राष्ट्रिय हित र स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्ने साहसिक र भिजनरी नेतृत्वको अभाब समेत रहनुले पनि जलश्रोत क्षेत्रमा समस्या रहेको चर्चा गरे । कार्यक्रममा जलश्रोत बिज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्ब प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले चुनौती र समाधान बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

उपाध्यायले राजनितीकरणको चपेटा र कमिसनको खेलले नेपालको जलश्रोत क्षेत्र तहसनहस भएको बताए । बिदेशीहरुको स्वार्थ केन्द्रित भएर नेपालका दलहरु सकृय हुनु मुलुकको स्वाभिमान र स्वाधीनताको लागि हितकर नभएको उनले चर्चा गरे । कार्यक्रममा पुर्ब सचिब, बिज्ञ, सन्चारकर्मी र सरोकारवालाहरुले प्रस्तुत कार्यपत्र माथी टिप्पणी सहित आफ्नो धारणा राखेका थिए ।