काठमाडौं। ‘राजा आउ देश बचाउ’ भन्दै केही यूवाहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसरबाट सुरु भएको बाईक र्याली गौशाला, डिल्लीबजार, पुतलीसडक हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा सहभगिहरुले अहिलेको व्यवस्था चाहिँदैन , राजा आउ देश बचाउ भन्ने नारा लगाएका थिए । मुलुकलाई गणतन्त्रले बर्बाद पारेको भन्दै उनीहरुले राजसंस्थाको बहाली र गणतन्त्र खारेजी गर्न माग गरेका थिए ।












