३ भाद्र २०८३, बुधबार
,
Latest
चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान कोहलीको ९० रनमा चेन्नई सुपर किंग्समाथी रोयल च्यालेन्जर्स बेंग्लोरको जित



अ+ अ-

दुबई । शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । बेंग्लोर ६ खेलमा ८ अंकसहित चौथो स्थानमा छ । कप्तान विराट कोहलीको सानदार ९० रनमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई पराजित गरेको हो । 

कोहलीले ५२ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरेपछि टस जितेर ब्याटिङ रोजेको बेंग्लोरले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १६९–४ को स्कोर बनाएको थियो । चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३२ रनमात्र बनाउन सक्यो । कप्तान महेन्द्रसिंह धोनी १० रनमा आउट भएका थिए ।यता अम्बाती रायडुले ४२, नारायण जगदीशनले ३३, शेन वाटसनले १४ रन बनाउन सफल भए । 

बेंग्लोरका क्रिस मोरिसले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । वाशिङटन सुन्दरले २ तथा इसुरु उडाना र युजभेन्द्र चाहलले १–१ विकेट लिए । यसअघि बेंग्लोरबाट कोहलीबाहेक देवदत्त पाडिक्कलले ३३ र शिवम दुबेले १४ बलमा अविजित २२ रन बनाएका थिए । चेन्नईका शार्दुल ठाकुरले २ विकेट लिएका थिए ।