५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुराकका आधारमा भक्तपुरका गेष्ट हाउसहरुमा प्रहरीको छापा, १३ जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले भक्तपुरका तीनवटा गेष्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको सुराकका आधारमा छापा मारेर सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ । भक्तपुरमा रहेका सुनकोशी गेष्ट हाउस, सनसाईन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा प्रहरीले छापा मारेको महानगरीय प्रहरी वृत थिमिले जनाएको हो । सुनकोशीबाट सञ्चालक कमल गिरीसहित रमेश घजु र २० वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत थिमिका डिएसपी ऋषिराम कँडेलका अनुसार गेष्ट हाउसमा महिला राखेर असामाजिक क्रियाकलाप गरेको हुनाले उनीहरुलाई पक्राउ गरिएको हो । उनले भने, अनुसन्धान भईरहेको छ, कानुन बमोजिक गेष्ट हाउस सञ्चालकलाई कारवाही हुन्छ ।’

सनासईन गेष्ट हाउसबाट सञ्चालक दिलध्वज खड्का सहित दुई महिला र दुईजना पुरुषलाई पक्राउ परेका छन् । बालकुमारी गेष्ट हाउसका सञ्चालक कालिकोट घर भएका नरेश बोगटीसहित चार महिला र अर्का एकजना पुरुषलाई प्रहरीले पक्रेको छ ।