२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन



अ+ अ-

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ ।पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गर्नका लागि आज निर्देशक समिति गठन गर्नुभएको हो ।

पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोेजिम गठन गरिएको उक्त समितिले  महाधिवेशन सम्पन्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पु¥याई आवश्यक निर्देशन दिनसक्ने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले नेपाल दलित सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार र सदस्यमा लक्ष्मी परियार र शान्ति विकलाई तोकेको छ ।

त्यसैगरी नेपाल महिला सङ्घको निर्देशन समितिको संयोजकमा प्रवक्ता डा प्रकाशशरण महत, सदस्यमा पुष्पा भुसाल र रुक्मिणी कोइराला, नेपाल किसान महासङ्घको निर्देशन समितिको संयोजकमा रमेश रिजाल, सदस्यहरुमा राजेन्द्रकुमार केसी र अञ्जनी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

नेपाल भूतपूर्व सैनिक सङ्घको निर्देशन समितिको संयोजकमा एनपी साउद, सदस्यमा टेकप्रसाद गुरुङ र महेन्द्रकुमारी लिम्बू, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, सदस्यहरुमा उमेशजङ्ग रायमाझी र गणेश लामा रहनुभएको छ ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको निर्देशन समितिको संयोजकमा मधु आचार्य, सदस्यहरुमा सरस्वती बजिमय र मदनकृष्ण श्रेष्ठ, नेपाल थारू सङ्घको निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा, सदस्यमा डा गोपाल दहित र योगेन्द्र चौधरी हुनुहुन्छ ।यस्तै, नेपाल प्रजातन्त्र सेनानी सङ्घको निर्देशन समितिको संयोजकमा प्रा डा गोविन्दराज पोखरेल, सदस्यमा मुक्ताकुमारी यादव र कान्तिका सैजुवाल रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।रासस