काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना रहेका छन् ।
योसहित उपत्यकामा संक्रमितको संख्या ४२ हजार ८५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।











