२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.29

Wind: 1.54

Humidity: 82

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघको विधान संशोधन सर्वसम्मत: अध्यक्ष प्रत्यक्ष निर्वाचित, कार्यकाल २ वर्ष



अ+ अ-

काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासंघले विधान संशोधन गरेको छ । लामो समयदेखि छलफलमा रहेका केही विषयमा हेरफेर गर्दै महासंघको आज सम्पन्न विशेष साधारण सभाले विधानको सर्वसम्मत संशोधन गरेको हो । अब अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिने छन् भने कार्यकाल २ वर्षको हुनेछ ।

यो व्यवस्था अहिलेको वरिष्ठ उपाध्यक्षको कार्यकालपछि लागू हुने महासंघले जनाएको छ । त्यसैगरी, नयाँ व्यवस्था अनुसार महासंघका एक जना वरिष्ठ उपाध्यक्ष, दुई जना जिल्ला/नगर उपाध्यक्ष, १ जना महिला उपाध्यक्ष, १ जना वस्तुगत उपाध्यक्ष तथा १ जना एशोसिएट उपाध्यक्ष गरी ५ जना उपाध्यक्ष रहने छन् ।

त्यसैगरी, महासंघमा बुहराष्ट्रिय च्याम्बरको सदस्य संख्या २० भन्दा बढी भएमा एक जना थप उपाध्यक्ष हुने विधानमा व्यवस्था गरिएको छ ।

साधारणसभाबाट सर्वसम्मतरुपमा विधान संशोधनसँगै लामो समयदेखि अल्झिएको महासंघभित्रको अन्यौलताको अन्त्य भएको छ ।

“महासंघमा धेरै पटक विधान संशोधनका प्रयासहरु भएका थिए । तर, हरेक पटक आन्तरिक विवादमा पर्दै विधान संशोधन प्रकृया अघि बढ्न सकेको थिएन । तर, अहिलेको नेतृत्व, विशेषगरी अध्यक्षको पहलमा यो प्रकृयाले पूर्णता पाएको छ । यो एउटा ऐतिहासिक निर्णय पनि हो,” महासंघका एक पदाधिकारीले बताए ।

उनले भने, “सर्वसम्मत विधान संशोधन हुने कुरामा धेरैलाई आशंका थियो । तर, अध्यक्षले लामो समयदेखि यसलाई टुङ्गोमा पुर्‍याएरै छोड्ने भनेर पूर्व अध्यक्ष्यहरु, पूर्व पदाधिकारीहरु तथा अन्य सरोकारवालाहरुसँग छलफल र विमर्श गरिरहनुभएको थियो । यसले विधान संशोधनलाई सर्वसम्मत मात्र गरेन । हामीबिचको एकतालाई बलियो बनाएको छ । बलियो र एकमत महासंघका सन्देश समेत दिएको छ ।”

त्यसैगरी, अहिलेको विधानले एक जना महिला उपाध्यक्षको पनि व्यवस्था गरेको छ ।

“हामीले नयाँ विधानमा एक जना महिला उपाध्यक्षको पनि व्यवस्था गरेका छौ । यो व्यवस्था लोकतान्त्रिक भावना र मर्मअनुरुप समावेशी तथा सहभागितामूलक नेतृत्व विकास गर्दै व्यवसायिक क्षेत्रमा पनि महिलाको प्रतिनिधित्व बढाउन एउटा कोसेढुङ्गा बन्ने हामीलाई विश्वास छ,” उनले भने ।