२९ असार २०८३, सोमबार
,
Latest
नयाँ प्रणालीमार्फत राहदानी सेवा सुरु, तीन महिना स्थिरीकरण अवधि रहने मिडिया कार्यालय अगाडि शंकास्पद गाडी पार्किङ, आवतजावत प्रभावित आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल रोयल्टी दोब्बरपछि मिनी क्यासिनो संकटमा, ५ हजार रोजगारी र १५० करोड राजस्व जोखिममा २१३औँ भानु जयन्तीमा सभामुख अर्यालद्वारा आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जली भिक्षु विद्यार्थीमाथि कुटपिटको आरोपपछि निष्पक्ष छानबिन र कारबाहीको माग डोलेश्वरमा श्रावणी मेलाको तयारी पूराः तीन लाख भक्तजन आउने अनुमान जाजरकोटमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, दुई घाइते कञ्चनपुर गोबरग्यास ‘प्लान्ट’ जडान परिवर्तनको भ्रमबाट देश बदलिदैन : महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी यात्रा तय गर्न यो जित पर्याप्त हुँदैनः रोहित पौडेल



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले यसअघिका खेलमा राम्रो नतिजा नआएकाले आज जित निकाल्नु सुखद् पक्ष रहेको बताएका छन् ।

चितवन राइनोजविरुद्ध जितपछि उनले आगामी यात्रा तय गर्न यो जित पर्याप्त नहुने भएकाले बाँकी खेलमा पनि ध्यान दिने बताएका छन् ।

रोहितले पछिल्ला खेलमा बलिङ राम्रो नसके पनि आजको खेलमा राम्रो साथ पाएको बताएका छन् । यस अघिका खेलमा आफूले बलिङ नगर्नु गल्ती महशुस भएको उनी बताउँछन् ।

उनले चार खेलमा हार व्यहोर्दा सबै खेलाडीको मनोबल उच्च बनाइराख्न सहज नभएको उल्लेख गरे । उनले यो पिचमा आफ्नो लागि अहिलेसम्मकै राम्रो भइहेको पनि बताएका छन् । जारी एनपिएलमा पहिलो जितले पनि टोलीको लक्ष्य पूरा नहुने भएकाले बाँकी खेलमा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

चितवन राइनोजको प्रशिक्षक उमेश पटवालले रोहित र साद बिन जफरले उत्कृष्ट ब्याटिङ गरेपछि आफ्नो टोलीको लक्ष्य पूरा नभएको बताए । उनले हारको बाबजुद कप्तान कुशल मल्लले राम्रोसँग जिम्मेवारी वहन गरेको उल्लेख गरेका छन् ।

उनले कहिले काहीँ खराब दिन आउने र आज कुशलको लागि राम्रो नभएको बताएका छन् । उनले विदेशी खेलाडीभन्दा अगाडि रोहित उच्च रनकर्ता हुनु नेपाली क्रिकेटका लागि सुखद् पक्ष रहेको बताएका छन् ।