५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश चलाउन सहकारी ठगे जस्तो हुँदैनः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गर्नुभएको छ ।

आईतवार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गर्नुभएको हो । उहाँले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताउनु भयो ।

देश चलाउन अरुलाई बुरुक—बुरुक उफ्रिएर मुख छोडे जस्तो नहुने उहाँको भनाइ थियो । नयाँ राजनीतिक शक्तिहरुलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिनुभयो । उहाँले केहीबेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कहिले कहिले यस्तो लाग्छ बाँसको झ्याङको छेउमा एउटा नर्कट उम्रिन्छ । बाँसको टुसो भन्दा छिटो बढ्छ । बाँस अलि यत्रो हुँदा नर्कट अलि ठूलो भइसक्छ । अर्को पल्ट हेर्न जाँदा नर्कट बुढो भएर ढलिसकेको हुन्छ । नयाँ नर्कट त्यस्तै हो । यि नर्कटहरु पुर्लक्क उम्रिन्छन्, अलि यत्रा हुन्छन् फेरि ढल्छन् । कोही भ्रममा नपर्नु भए हुन्छ, देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगे जस्तो हुँदैन देश चलाउन भनेको ।

अरुलाई बुरुक बुरुक उफ्रिएर मुख छोडे जस्तो हुँदैन, देश चलाउनलाई । म त्यतापट्टि जन चाहन्न । विकासको सन्दर्भमा यि सारा उत्तारचढाको बिचमा यो छोटो अवधिमा दमकमा मलाई खुशी लागेको छ ।’

प्रधानमन्त्री ओलीले झुट, भ्रम फैल्याएर अराजकता मच्चाउनेलाई सरकारले नछोड्ने बताउनु भयो । उहाँले लोकतन्त्रलाई अझ सुदृढ गर्ने तर मास्न नदिने बताउनु भयो ।