३० असार २०८३, मंगलवार
,
Latest
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलीकोप्टर उपलब्ध गराउने सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज : सर्वोच्चको फैसलालाई पत्रकार महासंघको स्वागत अस्थायी तथा करार कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्नाः सेवा निरन्तरता र सर्वोच्चको फैसला कार्यान्वयनको माग सवारी आतंक र जथाभावी पार्किङ गर्नेमाथि कानूनी कारबाही हुने सरकारको प्रतिवद्धता संविधानले दिएका आदिवासी जनजातिको अधिकार जोगाउनु नै अहिलेको प्राथमिकताः वरिष्ठ अधिवक्ता शाक्य यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरू नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद पूर्वाधार विकासको नयाँ योजनाबाट म आफैँ अचम्मित छुः सांसद मगर शङ्कास्पद पार्किङ प्रकरणमा छानबिन हुनुपर्ने रास्वपा सभापति लामिछानेको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा जनकपुरले लुम्बिनीलाई १३७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन जोड्यो ।

उसका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । यस्तै, लाहिरु मिलान्थाले २४, शुभ कंसाकारले अविजित २२ तथा आसिफ शेखले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ लुम्बिनीका अभिषेश गौतमले चार ओभरमा २० रन खर्चेर तीन, रोहित पौडेलले चार ओभरमा २२ रन खर्चेर दुई, साद बिन जफरले ३ ओभरमा ११ रन खर्चेर दुई तथा सन्दीप जोरोले २ ओभरमा १३ रन खर्चेर एक विकेट लिए ।




भर्खरै