२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमई लाइफको टाइम्स थ्री बिजनेस समिट सम्पन्न



अ+ अ-

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा प्रियमर क्लब विजेता एजेन्सी म्यानेजरहरुका लागि टाइम्स थ्री बिजनेस समिट सम्पन्न गरेको छ ।

चितवनको जगतपुरथित टाइगरल्यान्ड सफारी रिसोर्टमा सम्पन्न कार्यक्रममा ६० जनाभन्दा बढी उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानजरहरुको सहभागिता थियो ।

हरेक वर्ष आयोजना हुने यो कार्यक्रम कम्पनीले आफ्ना एजेन्सी लिडरहरुलाई सहभागी गराएर गर्ने मध्येको दोस्रो ठूलो बिजनेस समिति हो । कार्यक्रमको उद्घाटन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गर्नुभएको थियो । नायव प्रमुख कार्यकारी अधिकृतहरु दिनेश अमात्य र खिलेन्द्र पौडेलले कार्यक्रमको पृष्ठभूमि तथा उद्देश्यका विषयमा मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी बागमती प्रदेश प्रमुख चन्द्रप्रसाद भट्टराईले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । भने चिफ स्ट्राटेजी अफिसर आई.आर. सुवेदीले कसरी एजेन्सी म्यानेजरहरुले आफ्नो आम्दानीलाई तीन गुणाले वृद्धि गर्न सक्ने छन् भनी आइडिया शेयर गर्नुभएको थियो ।

कार्यक्रमको व्यवस्थापन समन्वयात्मक रुपमा एजेन्सी विभाग, तालिम विभाग र ब्राण्डिङबाट भएको थियो ।

उपस्थिति सहभागीहरुलाई मानसिक रुपमा स्वस्थ र स्फूर्त हुनुपर्दछ भन्दै सामाजिक व्यक्तित्व विजयराज सिग्देलले २ घण्टाको तनाव व्यवस्थापन तथा स्वव्यवस्थापन सम्बन्धमा आध्यात्मिक सहभागितामूलक प्रस्तुति दिनुभएको थियो ।

सहभागीहरुको उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा सबैलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सम्मानित भएपछि सबै सहभागीहरुले आगामी वर्ष कार्यक्रममा अझ उत्कृष्ट व्यवसाय गरी कम्पनीलाई उत्कृष्ट बनाउने सामूहिक प्रतिबद्धता गरेका छन् ।