२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो पत्रकारको १४ सदस्यीय टोली चीन भ्रमणमा, नेपालको फोटो प्रदर्शनी गर्दै



अ+ अ-

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का १४ सदस्यीय फोटो पत्रकारको टोली चीन प्रस्थान गरेको छ । पिन्चाओ फोटोग्राफर एसोसियसनको निमन्त्रणामा राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १४ सदस्यीय केन्द्रीय टोली फोटो प्रदर्शनी को लागि चीनको सान्तोङ प्रान्त प्रस्थान गरेको हो ।

चीनका चर्चित फोटोग्राफर सु छुई तथा नेपाल चीन मैत्री संघको सहकार्यमा हुन लागेको हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनीमा नेपालका पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० मनमोहक तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रदर्शनी गरिने भ्रमण संयोजक सुनिल शर्माले जानकारी दिए ।

भ्रमणले दुई देशबीचका फोटोग्राफर र फोटो पत्रकारबीच मित्रता स्थापना हुनुका साथै एक अर्को देशको सांस्कृतिक तथा पर्यटन प्रर्वद्धनमा सहयोग पुर्‍याउने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त अवसरमा चीनका विभिन्न पर्यटकीय साथै शैक्षिक क्षेत्रको पनि अवलोकन गरिने छ ।