२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीआरआइ सम्झौता कांग्रेससँगैको सहमति भएको हो: गृहमन्त्री लेखक



अ+ अ-

विराटनगर  । गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआइ सम्बन्धि थप सम्झौता कांग्रेससँगैको सहमति भएको बताउनु भएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआइ सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको बताउनु भएको हो ।

‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बिआरआइ सम्बन्धि थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन,’ उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिने  आवश्यक रहेको भन्दै बीआरआइमा ऋण लिने कुरा नभएको बताउनु भयो । ‘कांग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ । अब यसको ठीक कार्यान्वयन लाग्नुपर्छ,’ उहाँले भन्नुभयो ।

यस्तै कांग्रेस र एमाले मिलेर बनेको राजनीति समीकरणको लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि रहेको उहाँले बताउनुभयो ।

‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण कही मान्छेलाई मन्त्री बनाउन बनेको होइन,’ उहाँले भन्नुभयो, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो।’

संविधान संशोधनको विषय उठेको भन्दै संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउनका लागि संविधान संशोधन गरिने बताउनु भयो । संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भइसकेको उहाँको भनाइ छ । कांग्रेस र एमालेले सत्ता समीकरणलाई ८४ निर्वाचनसम्म पुराउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो ।

‘वर्तमान व्यवस्थामाथि आक्रमण हुँदै छ । यो संविधानमाथि आक्रमण हुँदै छ । यसलाई सुरक्षित गर्नु कांग्रेसको पहिलो दायित्व हो,’उहाँले भन्नुभयो,  ‘नेपाली कांग्रेस बलियो नभएर लोकतन्त्र र यो व्यवस्था बलियो हुँदैन । कोशी प्रदेशको प्रथम सम्मेलन बलियो, प्रभावकारी, नेतृत्वदायी कांग्रेस निर्माणमा कोसेढुंगा सावित हुनेछ ।’