३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.06

Wind: 2.57

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

बीआरआइ सम्झौता कांग्रेससँगैको सहमति भएको हो: गृहमन्त्री लेखक



अ+ अ-

विराटनगर  । गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआइ सम्बन्धि थप सम्झौता कांग्रेससँगैको सहमति भएको बताउनु भएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआइ सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको बताउनु भएको हो ।

‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बिआरआइ सम्बन्धि थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन,’ उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिने  आवश्यक रहेको भन्दै बीआरआइमा ऋण लिने कुरा नभएको बताउनु भयो । ‘कांग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ । अब यसको ठीक कार्यान्वयन लाग्नुपर्छ,’ उहाँले भन्नुभयो ।

यस्तै कांग्रेस र एमाले मिलेर बनेको राजनीति समीकरणको लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि रहेको उहाँले बताउनुभयो ।

‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण कही मान्छेलाई मन्त्री बनाउन बनेको होइन,’ उहाँले भन्नुभयो, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो।’

संविधान संशोधनको विषय उठेको भन्दै संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउनका लागि संविधान संशोधन गरिने बताउनु भयो । संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भइसकेको उहाँको भनाइ छ । कांग्रेस र एमालेले सत्ता समीकरणलाई ८४ निर्वाचनसम्म पुराउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो ।

‘वर्तमान व्यवस्थामाथि आक्रमण हुँदै छ । यो संविधानमाथि आक्रमण हुँदै छ । यसलाई सुरक्षित गर्नु कांग्रेसको पहिलो दायित्व हो,’उहाँले भन्नुभयो,  ‘नेपाली कांग्रेस बलियो नभएर लोकतन्त्र र यो व्यवस्था बलियो हुँदैन । कोशी प्रदेशको प्रथम सम्मेलन बलियो, प्रभावकारी, नेतृत्वदायी कांग्रेस निर्माणमा कोसेढुंगा सावित हुनेछ ।’