१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्याको आरोपमा मुख्य योजनाकार सहित तीन जना पक्राउ



अ+ अ-

काठमाडौं । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले मुख्य योजनाकार सहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ रहेका छन । भक्तपुरको चाँगुनारायण नगरपालिका ८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले बताएको छ । जग्गा हेर्न भन्दै गएका उनीहरुले गत हप्ता योञ्जनलाई कुटपिट गरेका थिए । कुटपीटबाट गम्भिर घाइते योञ्जनको उपचारका क्रममा मृत्यु भएको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले उनीहरुले जग्गा किन्ने बहाना बनाएर मृतक योञ्जनसँग रहेको सुन लुट्न कुटपिट गरेको बताउनुभयो । कुटपिटबाट योञ्जनको पेट, छाती र अनुहारमा गम्भिर चोट देखिएको उहाँले बताउनुभयो । कुटपिटपछि उनीहरु दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लगेर फरार भएका थिए । प्रहरीले घटनास्थलमा भेटिएको हेलमेटका आधारमा अनुसन्धान गरी अपराधिहरुलाई पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो ।

उनीहरुको साथबाट बा ९६ प ७११४ नम्बरको मोटरसाइकल, सुन विक्रिबाट प्राप्त १ लाख ५५ हजार मध्ये ५४ हजार ६ सय रुपैयाँ नगद पनि र एक तोला दुई लाल सुन बरामद गरिएको छ । कर्तव्य ज्यान मुद्दा र लुटपाट अभियोमा उनीहरुलाई भक्तपुर जिल्ला अदालत लगिने प्रहरीले बताएको छ । अपरेशनमा संलग्न प्रहरी अधिकारी र जवानहरुलाई नगद सहित सम्मान पनि गरिएको छ ।