२७ पुष २०८१, शनिबार
,
Latest
जुम्लामा ८,८२९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने ढोरपाटन नगरप्रमुख देव कुमार नेपाली र इमेज सहकारीपीडित ५४७ बीच मेलमिलाप म्याग्दीको राहुघाट जलविद्युतको ‘स्विचयार्ड’ निर्माण सुरू प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण-फोटो फिचर पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सिमित सन्दीप लामिछाने पिएसएलको डायमन्ड क्याटेगोरी ड्राफ्टमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभराको घण्टी बिक्री स्थगन



अ+ अ-

फुङ्लिङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिनुभएको ।

समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञाप्तिमा जनाएको छ । यही मङ्सिर १४ गते गोखरखापत्र दैनिक पत्रिकामा पुराना घण्टी लिलामी बिक्रीका लागि सर्वजनिक सूचना प्रकाशित गरेको थियो ।

विभन्न भक्तजनहरुले पाथीभरामा चढाएका १६ हजार तीन सय ७८ किलो एक सय ग्राम पुराना बिक्रीका लागि घण्टी प्रतिकिलो न्यूनतम रु तीन सय ८० तोकिएर बिक्री प्रक्रिया अगाडि बढाएको थियो । सामाजिक सञ्जालहरुमा घण्टी बिक्रीका विषयलाई विभिन्न आलोचनाहरु आएपछि समितिले पुराना घण्टी लिलामी बिक्री प्रक्रिया स्थगन गरको हो ।