२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन मन्त्रालय शीर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल: सैफको बिस्फोटक ब्याटिङमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग एनपिएल अन्तरगत आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

किर्तीपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १८८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन जोड्यो । उसका लागि सैफ जइबले बिस्फोटक पारी खेले । उनले ६१ बलमा ५ छक्का र ६ चौकाको मद्दतमा ९० रन बनाए ।

यस्तै, ब्रेन्डन म्याकमुलेनले २३, बिनोद भण्डारीले १७, दिपेन्द्र सिंह ऐरीले अविजित ३९ तथा स्कट कुगलेजिनले ११ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका रेमोन सिमोन्ड्सले २ तथा रोहित पौडेलले र बिबेक यादवले १(१ विकेट लिए ।