१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५ सय ७७ पीसीआर परीक्षण भएकोमा ३५ सय ५६ जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ गरी उपत्यकाभित्र २ हजार १ सय २९ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेब बताउनुभयो ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ९६, प्रदेश नम्बर २ मा ७ सय ७६, बागमती प्रदेशमा ९ हजार ९ स ५० र गण्डकी प्रदेशमा ५ सय ६७ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १३ सय ६०, कर्णाली प्रदेशमा ५ सय ४८ र सुदूरपश्चिम प्रदेशमा १ सय ५१ गरी देशभरी १५ हजार ४८ जना संस्था आइसोलेसनमा रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार ४ सय ५५, प्रदेश नम्बर २ मा ४ सय ८२, बागमती प्रदेशमा १३ हजार ७ सय ३३ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा २ हजार १ सय ३, कर्णाली प्रदेशमा ५ सय ६० र सुदूरपश्चिम प्रदेशमा ६ सय ९२ गरी देशभरी २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन ।

आज १ हजार ५ सय ३ कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ८ सय ३४, प्रदेश नम्बर २ मा १५ हजार १ सय ११, बागमती प्रदेशमा ३० हजार ४ सय २९ र गण्डकी प्रदेशमा ४ हजार २ सय ९० जना डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ९ सय ७९, कर्णाली प्रदेशमा ३ हजार ४ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ६ सय ३९ गरी देशभरी ७८ हजार ७ सय ८० संक्रमित डिस्र्चाज भएका छन ।